काठमाण्डौ – नेपालमा अर्का एक जनालाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ आएका एक युवामा कोरोनाको भाइरस पाइएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।