Home > विश्व > अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग : सिनेटले भन्यो सुनुवाइ संवैधानिक छ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग : सिनेटले भन्यो सुनुवाइ संवैधानिक छ

एजेन्सी

काठमाण्डौ – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको औपचारिक रुपमा सुनुवाइ प्रक्रिया सिनेटमा सुरु भएको छ ।

सिनेटमा भएको मतदानमा महाअभियोग संविधान सम्बद्ध रहेको घोषित भएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो । महाअभियोगको सुनुुवाइ प्रक्रिया अघि बढाउने पक्षमा डेमोक्र्याटिक पार्टीका सबै ५० तथा रिपब्लिकनका ६ सिनेटरले मत दिएका हुन् ।

सुनुवाइ प्रक्रिया अघि बढे पनि सिनेटले ट्रम्पलाई दोषी ठहर गर्ने सम्भावना भने कम रहेको बीबीसीले जनाएको छ ।
पूर्व राष्ट्रपति ट्रम्पका वकिलहरुले यसअघि उनीमाथि लागेको महाअभियोगको जवाफ प्रस्तुत गरेका थिए । उनीहरुले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्पको कुनै संलग्नता नरहेको समेत दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *