Home > समाचार > सवारी पाससम्बन्धी नयाँ व्यवस्था पासमा १ दिने, ३ दिने खारेज भएको छ ।

सवारी पाससम्बन्धी नयाँ व्यवस्था पासमा १ दिने, ३ दिने खारेज भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट विभिन्न मितिमा जारी भएको सात दिने लेखिएको पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो लकडाउनका बेला प्रयोग भइरहेको सात दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने भएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पास भएकालाई पनि विशेष निगरानी गरिने भएकाले अनावश्यक काममा गाडी चलाउन पाइंदैन । एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि पनि महाशाखाले विशेष निगरानी तथा जाँच गरि कारबाही गर्न थालेको उहाँले जानकारी दिनुभयो पासमा १ दिने, ३ दिने वा अन्यथा लेखिएका छन् भने अब त्यस्तो पासहरू भने आजबाट खारेज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *