Home > समाचार > शोकसभामा नेपाली काग्रेस इमाडोल

शोकसभामा नेपाली काग्रेस इमाडोल

नेपाली कांग्रेस महालक्ष्मी ४ ललितपुर वडा कमिटी परिवारले जेठ ३१ गते इमाडोलमा शोक सभा सम्पन्न गरेको छ | नेपाली काग्रेसका सुवेच्छुक तथा नेपाल वार यसोसियसनका पूर्व सदस्य सुमन के सि का पिता स्वर्गिय रमेश के सि को यही जेठ २८ गते भएको निधन प्रती समबेदना प्रकट गर्नका लागि गरिएको भेलामा ५ दर्जन बढी कांग्रेस शुबेच्छुकहरुको उपस्थिती रहेको थियो |

शोक सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदन अमात्यले स्वर्गिय रमेश के सि कुमाल इमान्दारिताको उदाहरण ब्यक्ती भएकाले एउटा असल कांग्रेस कार्यकर्ता गुमाएको ब्यक्त गर्दै अबको कांग्रेस प्रतिस्प्रधाको राजनीतिमा जनताको मनोभावलाई शिरोपर गरेर बौद्दिकता र निश्ठताका साथ अघी बढ्नका लागि तयार रहेको बताउनु भयो तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले यो संकटको घडीमा सबैलाई सहनशक्ती प्राप्त होस् भन्दै अबको तरुण कांग्रेस गरुड जस्तो बेगमा हुइकिने र सरकारको गलत अभिस्टलाई पुरा हुन कुनै हालतमा नदिने कुरामा जोड दिनुभयो

नेपाली कांग्रेस महासमिती सदस्य पवन बिक्रम थापा,पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा,क्षेत्र न २ सभापति महेश खड्का प्रदेश सभापति यज्ञ नेम्कुल,ललितपुर जिल्लाका पूर्व सचिब तथा महाधिबेशन प्रतिनिधि प्रकाश नन्दन,तरुणदल महालक्ष्मी नगरपालिका अध्यक्ष जय के सि ने बि संघ ललितपुरका उपाध्यक्ष्य शुशिल युवानेता मंगल कुमार पिंगल घिमिरे,ट्रेड युनियन महसंघका केन्द्रिय सदस्य शंकर सिंह,क्षेत्र न २ का कोशाध्यक्ष रन्जना थापा मगर लगायतका ब्यक्तिहरुले सभामा आ -आफ्नो धारणा शोक मन्तब्य सहित ब्यक्त गरेका थिय ! वडा कमिटिका सभापति प्रकाश पराजुलीले श्रदान्जली पत्र हस्तांतरण गर्दै पिता रमेश के सि कुमालको ग्यापलाई उहाका सुपुत्रहरु सुमन के सि,सुबास के सि र सुदन के सि ले पुर्ने अपेक्षा सहित शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रकट गर्नुभयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *