नेकपा नेताहरूलाई बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारी गरेको छलफल र यसलाई लिएर धुम्बाराहीमा देखापरेको हलचल आजका अखबारहरूको प्राथमिकतामा परेको छ । त्यसैगरी, ललिता निवास प्रकरणबारे अख्तियारले गरेको छानबिन, भारतीय अतिक्रमण, प्रधानमन्त्रीको विवादास्पद रिट्विटलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।
कान्तिपुपरले ललिता निवास जग्गा अनियमितता प्रकरणबारे मुख्य समाचार बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यसमाथि छानबिन सकेको छ र यसले अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितको मिलेमतो रहेको निष्कर्ष निकालेको छ ।
कान्तिपुरका अनुसार अख्तियारको एक महाशाखा प्रमुखको नेतृत्वमा बनेको अनुसन्धान टोलीले बस्न्यातसहितको सरकारी कर्मचारी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ । र, यो प्रतिवेदन अहिले आयुक्तहरूले अध्ययन गरिरहेका छन् ।आएको पत्रपत्रिकाहरूले लेखेका छन् ।
‘टोलीले रायको मस्यौदासहित प्रतिवेदन बुझाइसकेको छ । त्यसको अध्ययनपछि आउने प्रतिक्रियाका आधारमा अख्तियार बोर्डमा प्रतिवेदन पेस भएपछि आवश्यक निर्णय होला’, अख्तियारको उच्च स्रोतलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘बाहिर जानुभएको एक आयुक्त पनि फर्किसक्नुभएको छ । सम्भवतः यो साता निर्णय हुनेछ ।
कान्तिपुरका अनुसार अति उच्च संवेदनशील विषय भएकाले निर्णय हुने दिन नै मुद्दाम लैजाने गरी आरोपपत्रको मस्यौदा पनि तयार पारिँदैछ ।
उता यही विषयमा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि सोधपुछ गरेको दाबी कान्तिपुरले गरेको छ ।
कान्तिपुर लेख्छ– अख्तियार टोलीले ०६६ चैत र ०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त गोप्य रूपमा जानकारी लिएको हो ।’ तर, नेपालले भने यो अस्वीकार गरेको कान्तिपुरमा उल्लेख छ ।
राष्ट्रपतिले नेताहरूलाई भेटेपछि प्रचण्ड आक्रोसित
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थायी कमिटी सदस्यहरूलाई बोलाएर गरेको छलफलले नेकपामा हलचल
