काठमाडौं। बाँकेको नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ।
सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी आदेशमा हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको जनाइएको छ।
हिन्दुहरूको समूह मंगलबार नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ। ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरेको छ।