काठमाडौं।बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छडोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि पराकम्पन पनि गइरहेको बताईएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) भरतबहादुर शाहले सत्यवादी मावि भोपुरका चार जना विद्यार्थीसहित पाँच जना र केदास्युँ गाउँपालिकाका एक जनागरी बझाङमा ६ जना घाइते भएका हुन्।
उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए। त्यसैगरी अछाममा भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन्।
बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते भएका हुन्।
भूकम्पका कारण ठाउँ–ठाउँमा भवनहरु भत्किएका छन्। तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको विवरण प्राप्त भएको छ।