Home > मुख्य समाचार > एनआरएनए पोर्तुगलको बरिस्ठ उपाध्यक्ष पदमा सीता श्रेष्ठ ( सिवानी)को उम्मेदवारी

एनआरएनए पोर्तुगलको बरिस्ठ उपाध्यक्ष पदमा सीता श्रेष्ठ ( सिवानी)को उम्मेदवारी

साउन,१३ काठमाडौं । नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष तथा एनआरएन ए पोर्चुगलका उपाध्यक्ष पदमा रही नेपाली समाज पोर्तुगलमा समाज सेवामा सशक्त भूमिका निर्वाह गर्दै आउनु भएकी सीता श्रेष्ठ ( सिवानी) ले बरिस्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिनु भएको छ ।

एनआरएन ए पोर्चुगलको 2021-23 कार्यकालको लागी बरिस्ठ उपाध्यक्ष पदमा अत्यधिक भोटले विजयी गराई दिनु हुन सीता श्रेष्ठ (सिवानी) ले सम्पूर्ण पोर्तुगल बासी आदरणीय दिदीबहिनी दाजु भाई हरुलाई हार्दिक हार्दिक अनुरोध गर्दछु भन्नु भएको छ !!

नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ ( सिवानी) बिगत लामो समयदेखि पोर्तुगलमा आफ्नो कर्मथलो बनाई विभिन्न क्षेत्रमा समाजसेवा गर्दै आउनु भएको छ ।

सीता श्रेष्ठ (सिवानी )ले आफु विजयी भएपछी नेपाली हरुलाई एक ढिक्का बनाउनुको साथै एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाल र नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए पोर्तुगलको बरिस्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएको बताउनु भएको छ।

चोरोल्पा अनलाइन खबरसग कुरागर्नु हुदै श्रेष्ठले एनआरएनए पोतुगलमा मेरो बरिस्ठ उपाध्यक्ष पदको उम्मेदवारी किन र केको लागि सबैले बुझन जरुरी रहेको बताउनु भएको ।संघमा आर्थिक पारदर्शिताको लागि र संघको आर्थिक पक्षलाई सबल बनाऊने कोष अभिवृद्धि गरी आफुले विविध कार्यक्रम गर्न र नेपालमा विभिन्न समयमा हुने प्राकृतिक प्रकोप तथा बिपदमा सक्दो सहयोग गर्न ।
एनआरएन ए पोर्चुगलको संघलाई राजनीतिबाट मुक्त राखी अप्रवासी नेपालीहरूको हकहितका लागी आफु सदैब सक्रिय रही समस्यामा परेकोलाई सहयोग तथा उदार गर्ने ।

रास्ट्रीय तथा अन्तरास्ट्रीय विभिन्न सामाजीक संघ संस्थामा अबद तथा लामो समयदेखि पोर्तुगलमा काम गर्दै आउनु भएको सीता श्रेष्ठ हरेक नेपाली हरुको समस्यालाई समाधान गर्दै सबैको मन मस्तिष्कमा बस्न सफल हुनु भएको छ ।

नेपाली श्रमिक,विद्यार्थी, व्यापारीहरुको, हकहितको लागि यहाँको सरकारी र गैरसरकारी संघ–संस्थासँग कुटनैतिक पहल गर्ने प्रतिबद्धता सँगै पोर्तुगल बासी नेपालीहरुलाई निर्वाचनमा बरिस्ठ उपाध्यक्ष पदमा आफुलाई अमुल्य मतको लागि सीता श्रेष्ठ (सिवानी) ले अपिल समेत गर्नु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *