६ असार २०७८, बाजुरा भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको ५ दिनपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिरहेको थियो। किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आज बिहान मनाङ एयरको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले अन्लैन खबरलाई बताउनु भएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकोप्टर पठाएको बताइएको छ। गाउँ नजिकै रहेको रुपासैनी भिरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन्। उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए।