Home > समाचार > भारतमा एकैदिन झण्डै दुई लाख नयाँ काेराेना सङ्क्रमण थपिए

भारतमा एकैदिन झण्डै दुई लाख नयाँ काेराेना सङ्क्रमण थपिए

काठमाडाैं । भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण झन् फैलिँदै गएको छ।कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछी भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएकाे छ ।

२४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा  झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतको कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ । कोरोनाका कारण अहिलेसम्म त्यहाँ एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ ।

यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
सङ्क्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । त्यहाँका शिक्षण संस्थाहरु सबै बन्द छन् । यस्तै, विवाहका लागि अनुमति लिनु पर्ने भएको छ ।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत मात्रै कर्मचारीले सेवा दिने छन् । राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, उत्तर प्रदेश, पन्जाब, महाराष्ट्र लगायत क्षेत्रमा कोरोना सङ्क्रमण फैलिएको छ । यी क्षेत्रका केही सहरमा लकडाउन छ भने केही ठाउँमा कडा प्रतिबन्ध लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *