Home > देश प्रेमी > चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ हप्ता दिनभित्र सञ्चालनमा आउने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ हप्ता दिनभित्र सञ्चालनमा आउने

सातोमी बज्राचार्य  

फागुन १७ काठमाण्डाै – अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ सञ्चालन हुने भएको छ ।

चिनियाँ पक्ष आजदेखि नै नाका खोल्न सहमत भएको तर विविध कारणले एक/दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनु भएको छ। चीनसँगको केरुङ नाका नखुल्दा आयात-निर्यात ठप्प भएको थियो।

रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्‍याउन नसकिएकाले समस्या भएको कार्यालयका प्रमुख रामप्रसाद रेग्मीको भनाइ छ । पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको खोप पनि लगाइसकेको छन्।

भन्सारका सुरक्षा निकायसहित सबै कर्मचारी कोरोनामुक्त रहेका समेत उहाँले बताउनुभयो । केरुङ नाकाबाट निकासी–पैठारी गर्ने अघोषित नाकाबन्दीको जस्तो अनिश्चितकालसम्म लम्ब्याउन नहुनेमा जोड दिएका छन् ।

अविलम्ब नाका खुलाएर व्यापारिक एवम् अत्यावश्यक सामग्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने उहाले बताउनु भयो। सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने दैनिक ५-७ वटा ‘कन्टेनर’ आउन थालेका तर नेपाली सामान निकासी हुन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर क्षेत्री अनलाइन खबरलाइ बताउनुहुन्छ ।

केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडिबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *