Home > मुख्य समाचार > बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने व्यक्ति कास्कीबाट पक्राउ

बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने व्यक्ति कास्कीबाट पक्राउ

मनोज कार्की

फागुन,१७ काठमाडौं -बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने एक व्यक्तिलाई प्रहरीले कास्कीको मादी गाउँपालिकाबाट पक्राउ गरेको छ ।

आर्थिक अबस्था कमजोर भएका परिवारका बालबालिकालाई निःशुल्क खाना, बस्न र विद्यालयमा पढाईदिने आश्वाशन दिई बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एव प्रवक्ता सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका-६ निवासी ४५ वर्षीय इन्द्रबहादुर थापा छन् । पोखराको रामबजारबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरी बालबालिका सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ ।

बालबालिकालाई सिवीन नेपालको संरक्षणमा राखिएको छ भने बालबालिकालाई अभिभावकको जिम्मा लगाउन घर ठेगना खोजी गर्ने कार्य शुरु गरिएको प्रहरी नायव उपरीक्षक हमालले अनलाइन खबरलाइ जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *