मंसीर ३,बुधबार/ धादिङको धुनिवेशी नगरपालिका वडा न~८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो ।
ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाले बताएको छ । सामान लिन हेटौंडातर्फ जाँदै गरेको ना.६ ख ४९४७ नम्बरको खाली ट्रकले बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयवासी आक्रोशित भएका छन ।