अर्जुनराज भण्डारी
जेठ,२८ काठमाडौं । म चार तारे झन्डा मुनी बस्न चाहन्छु तर मलाई मेरै पार्टिको गुट उप गुटले झन्डा तानातान गरेको देख्दा हिर्दय चिरियर आउछ र त झन्डा जोगाउन कोही अर्कै डन्डा लियर आए हुन्थ्यो भन्ने लाग्छ ! म मेरै हरियो रुखको छातामुनी निर्धक्क सुस्ताउन चाहन्छु तर मलाई मेरै पाटिको गुट उप गुटले हागा माथि बसेर देखाइरहेको बांदरे प्रबिर्तीले एक्लै भक्कानिन्छु र त कोही काँडेतार बोकेर उदाइदिए हुन्थ्यो भन्ने सोच्छु !
म आफ्नै घर फोहोर भयको हेर्न सक्दिन, म आफ्नै परिवार बिग्रियको देख्न सक्दिन, मलाई आफ्नो घर भित्रको कुरा बाहिर ल्यायर छिमेकीको प्रिय कहलिनु पटक्कै छैन तर पनि म लाचार छु म निरिह छु र यि कुरा भनिरहेछु ! साच्चै भनु भने कांग्रेसीहरु भित्र अझै पनि क्षमतामा भन्दा गुटबाद र कृपाबादमा विश्वाश गर्ने परम्परा हाबी देखिन्छ !
आफ्नो गुट अनुकुल नहुने देखियपछी एउटै पार्टीभित्र पनि फरक गुटलाई लडाउन हदै गिर्ने गद्दार प्रबिर्तीको सिकार नै अहिले नेपाली कांग्रेस पार्टी हो भन्ने मलाई लाग्छ ! ए मुर्खहरु हो नाफा हामिलाई होइन घाटा काङ्ग्रेसलाई हो !
कांग्रेस प्रजातान्त्रिक पार्टी हो भन्ने सबैलाई थाह छ,बीपी, गणेशमान, सुवर्ण शमसेरहरुले बनाएको पार्टी हो कांग्रेस ,पार्टी कसैको बपौती पनि होइन,यो पार्टीमा मलाई जे मन लाग्यो त्यही गर्छु भन्ने छुट छैन त्यसैले यो कुरोको जबाफदेहिता नेतृत्वको हो !
रह्यो कुरो नयाँ जोगीको …. हो यहाँ कुन चाँही दुधले नुहाएका नेता छ्न र यसरी मनपरि ढ्ङ्गले नयाँ र पुरानोको कित्ता छुट्याउनलाई ? नेतृत्व भनाउदाहरुले नि आजसम्म के माखो मार्यौ र ? आज काङ्ग्रेसको हैसियत कता पुग्यो ?? त्यो जगजाहेर छ त सबैलाई जब जागेगा तब सबेरा भने झै कृयाशिल सदस्य एउटा प्रक्रिया हो जहाँ हरेक प्रजातन्त्रंमा बिस्वास गर्ने ब्यक्ति आउने जाने भैरह्न्छ ! के यिनिहरुले हामिलाई पोतारीको लुडो सम्झेका छ्न जुन औसि र पुर्णेमा मात्र काम आवस ?
ल ठिक छ पार्टी राजनीतिमा त हामी नयाँ जोगी,लठैत नै सहि हामी काङ्ग्रेस भन्दा बाहिर रहौला केही छैन तर आफै मात्र जिल्ला र नगर राजनितीमा एकलकाट्टे राज गरेको यि आखाले देख्न पाइयोस ! बधाई छ !!
तर एउटा कुरा नबिर्सनु यहि दम्भका कारण ललितपुर १६ सालदेखी रक्तिम गढ भएको हो नि होइन र ??? हेर्दा लाग्छ राणाकालदेखि कै खानदानी काङ्ग्रेस तर के गर्नु प्रजातन्त्र चैत्रमा आएछ,त्यसैले भन्न मिल्छ चैते काङ्ग्रेस ! बात कर्ते हो !!