Home > खेलकुद > टी –१० क्रिकेट : सन्दीप लामिछानेकाे टिमकाे खेल अाज

टी –१० क्रिकेट : सन्दीप लामिछानेकाे टिमकाे खेल अाज

क्रिकेटको सबैभन्दा सानो प्रारुप टी–१० क्रिकेट आजबाट सुरु हुँदै छ । युएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

आजदेखि डिसेम्बर २ तारिखसम्म चल्ने प्रतियोगितामा नेपलाका सन्दिप लामिछाने पनि खेल्न लागेका छन् । आज हुने दोस्रो खेलमा सन्दीप लामिछानेको टिम केरला किंग्सले पख्तुनसँग खेल्दै छ । याे खेल नेपाली समय अनुसार राति साढे १० बजे सुरु हुनेछ ।

केरला किङस गएकाे संस्करणको विजेता पनि हो । सन्दीपलाई केरला किङसले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । केरला किंग्स इयान मोर्गनको कप्तानीमा क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता विश्व क्रिकेटका अनुभवि खेलाडी पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *