Home > खेलकुद > नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अबसर पारेर दोलखामा खेलकुद सामाग्री बितरण

नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अबसर पारेर दोलखामा खेलकुद सामाग्री बितरण

मनोज जंग कार्की

वैशाख,७ काठमाडौं |नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अबसर पारेर नेपाल विद्यार्थी संघ भीमेश्वर नगरसमितिले दोलखामा एक कार्यक्रमको आयोजन गरेको थियो। नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काज्युको प्रमुख आतिथ्यतामा समपन्न भएको कार्यक्रममा खेलकुद सामाग्री बितरण गरिएको छ ।

खेलकुद सामाग्री बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखाका नेता एबम नेपाल तामाङ संघका केन्द्रिय महासचिव ,नेपाल विद्यार्थी संघका पुर्ब अध्यक्ष बर्मा लामा, नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचीव सन्तोष रिमाल,बाल कृष्ण आचार्य,पार्टी सहसचिव एबम वडा अध्यक्ष हरिशरण सिवाकोटी ,ने का दोलखा प्रदेश सभा (ख) का सभापति जयराम श्रेष्ठ,क्याम्पस प्रमुख शान्त बहादुर के. सि,कालिन्चोक मा :बि का साहायक प्र.अ गणेश श्रेष्ठ , पत्रकार शम्भु गौतम,नेपाल विद्यार्थी संघका नेता तुल्साङ लामा,मिङ्माछेकी शेर्पा,धनराज तामाङ सुमन पोखरेल लगायत शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थितिमा गौरीशङ्कर बहुमुखी क्याम्पसमा सभ्य र भब्य रूपमा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै सभापति रुद्र बहादुर खड्काले खेलकुदका सामाग्री सहयोग गर्नु हुने कुलराज थाप, महादिबेशन प्रतिनिधि च्याङ्गा शेर्पा,महादिबेशन प्रतिनिधि कृष्ण बहादुर खड्का, पुर्ब पार्टी उपसभापति नेका दोलखा राकेश श्रेष्ठ,नि बर्तमन अध्यक्ष नेपाल विद्यार्थी संघ दोलखा कुमार अधिकारी,युवा नेता नेपाली काङ्ग्रेस दोलखा भीम खड्का, अध्यक्ष नेपाल विद्यार्थी संघ दोलखा र कार्यक्रम सफल बनाउनु हुने सबैलाई शुभकामान सहित धन्यन्बाद दिनु भएको थियो

सभापति खड्काले नेपाल विद्यार्थी संघ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो। नेपाल विद्यार्थी
संघ तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि. सं. २०२७ सालमा भएको थियो। यस सङ्गठन व्यतिगत स्वार्थ माथी सम्बन्धि छैन। नेपाल विद्यार्थी संघ एक ऐतिहासिक संगठन रहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *