Home > समाचार > नेकपा फुट्न टुट्नका लागि बनेकाे हाेइन : मुख्यमन्त्री राई

नेकपा फुट्न टुट्नका लागि बनेकाे हाेइन : मुख्यमन्त्री राई

नेकपाका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा फुट्नका लागि बनेकाे हाेइन भनेका छन् ।

बिहीबार सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवन उद्घाटन गरेपछि मुख्यमन्त्री राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने बताए ।

फुट्न र टुट्नका लागि नेकपा बनाइएकाे हाेइन भन्ने उनकाे भनाइ छ ।

अर्को प्रसंगमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर ल्याएकाे बताए । उनले भने, “हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।”

उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, “अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *