Home > मौसम > दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध

दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध

दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ

पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ ।अविरल वर्षाका कारण दाउन्नेमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । १६ किलोमिटर सडक पर्ने दाउन्ने सडक पहाडी क्षेत्रमा पर्छ, सो क्षेत्रमा सानाठुला गरी ६ ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यलय पूर्वी नवलपरासीका बताएको छ ।

सडकमा पहिरो खसेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि राजमार्गमा रोकिएका छन् । दाउन्ने क्षेत्रको भूगोल अत्यन्त कमजोर रहेका कारण त्यहाँ हरेक वर्षातमा पहिरो खस्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *