Home > Uncategorized > प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्यको लागि मन्त्रिपरिषद्‍को बैठक बोलाए

प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्यको लागि मन्त्रिपरिषद्‍को बैठक बोलाए

असोज ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्‍त्रिपरिषद्‍को बैठक आज दिउँसोका लागि बोलाएका छन् । बैठकले संसद्को जारी अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ।

तेसैगरी, आजको बैठकले विभिन्न मन्त्रालयका विषयगत प्रस्तावबारे छलफल पनि गर्ने  छ । अध्यादेश फिर्ता लिएर तत्काल मनित्रपरिषद् विस्तार गर्न आइतबार गठबन्धनको बैठकले प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।

आइतबार बसेको गठबन्धनको बैठकले पनि राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । अध्यादेश फिर्ता नलिई मन्त्रिमण्डल विस्तार गर्दा पार्टी फुट्ने डर नेकपा (एकीकृत समाजवादी) र जसपामा रहेको छ ।

स्रोत :नेपाल डेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *