Home > पर्यटन > गौरीशंकर च्छोरोल्पा मिडिया प्रा: ली द्वारा दोलखा शैलुङ्गको धार्मिक , साँस्कृतिक विविध इतिहास एक वृत्तचित्र को तयारी गर्दै

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा: ली द्वारा दोलखा शैलुङ्गको धार्मिक , साँस्कृतिक विविध इतिहास एक वृत्तचित्र को तयारी गर्दै

निर्देशक
प्रविन थपलिया

संस्थाको पृष्ठभूमी
देशमा कला र साँस्कृतिकको संरक्षण तथा सम्बद्र्धन गर्दै कलाकारहरुको साधना र मिहेनतलाई सधैं गरिमामय बनाउने लक्षका साथ २०७६ सालमा स्थापना भएको यस संस्थाले विशुद्ध नेपाली कला साँस्कृतिक , धार्मिक तथा पर्यटकीय क्षेत्रलाई उत्थान एवं जगेर्ना गर्नका लागि आजका दिन सम्म दृढताका साथ प्रयत्नशील एवं क्रियाशील रहेको छ । विशेष गरी नेपाललाई विश्वा सामु चिनाउनकोलागि नृत्य संगीत धार्मिक पर्यटकीय मठ मन्दिर धर्मशाला पाटी पौवा र अन्य नयाँ खोजी प्रतिभा र कलाकारीताका विदाहरुको कक्षा संचालन गर्ने तथा प्रचारप्रसार गर्ने यस संस्थाले हालसम्म गरेका कार्यक्रमहरुमा सर्व विधितै छ ।

 

 

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि. ले स्थापना देखि आजको दिनसम्म छोटो समयमा म्यूजिक भिडियो डकुमेन्ट्री समेत बनाई सकेको छ भने देशका विभिन्न महोत्सवहरुमा थुप्रै स्टेज कार्यक्रमहरु पनि संचालन गरिसेको छ ।तसर्थ नेपाली साँस्कृतिक इतिहास जोगाउन र प्रचार प्रसार गर्न संरक्षण तथा खोजमुलक कार्यमा निरन्तरता दिनको लागि यो संस्थाको सक्रिय सहभागिता जारी रहेको छ। संस्थाको कार्यालय काठमाडौं डिल्लीबजार रहेको छ। भविष्यमा देशको कला र लोक साँस्कृतिको महीमालाई अझै अन्र्तराष्ट्रिय स्तरमा पुर्याउने लक्षका साथ अघि बढिरहेको यस संस्थाले नेपाल लोक साँस्कृतिक उचाइलाई अझ माथि पुर्याउन

 

हालका दिनहरुमा दोलखा शैलुङ्ग इतिहास भन्ने वृत्त चित्र निर्माण गर्ने भएको छ। नेपाल नेपाली बीचको भाइचारालाई अविछिन्न रुपमा राख्न एकताको बन्धनमा बाधिइ जात जाती बीचको कला र सँस्कृतिलाई आदान प्रदान गराउँदै नेपाल मौलिकपना र अपनत्वको प्रभावत्वको अझै कायम राख्ने जमर्को कायम राख्ने हो भन्ने आशाका साथ गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि. , च्छोरोल्पा अनलाइन खबर च्छोरोल्पा टि.भी. निरन्तर लागिपरेको छ।

संस्थाको उद्देश्यः–
१. विभिन्न किसिमका मनोरन्जनात्मक चेतना तथा खोजमुलक फिल्मी भिडियो, डकुमेन्ट्री, नाटक, सडक नाटक आदि निर्माण गरी बिक्री वितरण तथा प्रदर्शन गर्ने गराउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म प्रचार प्रसार गर्ने

 

२. विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुद्वारा चेतना तथा खोजमुलक भिडियो डकुमेन्ट्री , नाटक, सडक नाटक पर्दशन विज्ञापन आदि श्रव्य दृष्य निर्माण प्रसारण तथा प्रदर्शनका लागि आह्वान गरिएको टेन्डर कोटेशन आदिमा सहभागि भई उक्त कार्य गर्ने गराउने ।

३. विभिन्न किसिमका गीत संगीत बाध्य बादन अभिनय नृत्य द्वन्द्व उत्घोषण टिभी कार्यक्रम , रेडियो कार्यक्रम , प्रव्लिक स्पीकिङ्ग जस्ता सम्बन्धी तालीम गर्ने गराउने ।
४. नेपाल सरकारको नीति नियम भित्र रही कम्पनीको उद्देश्यसंग सम्बन्धित अन्य कार्यहरु गर्ने गराउने ।

५. देश तथा विदेशमा तिब्र रुपमा प्रचार प्रसार गर्ने गराउने
६. च्छोरोल्पा टिभी मार्फत खोजी प्रतिभालाई प्राथमिकता दिने ,
७. च्छोरोल्पा अनलाइन खबर मार्फत विकृति, विसंगति भ्रष्ट्राचार सम्बन्धी कलम चलाउने ।

 

 

दोलखाको इतिहासको भूमिका–
नेपाल एउटा यस्तो देश हो जहाँ एकतामा अनेकता पाइन्छ । यो विभिन्न कलासाहित्य रीतिरिवाज रहन सहन भेष भूसा जात जाती भाषा र धर्महरुको एउटै थलो भएको देश हो । यहाँ पर्यटकीय रुपमा धेरै सम्भावनाहरु पाइन्छन् । तर प्रचार प्रसारको अभावले अलि पिछडिएको छ । जल विद्युतमा धेरै सम्भावना भए तापनि विविध कारणले ओझेल परेको छ । दोलखा भौगोलिक तथा प्राकृतिको हिसावले पनि धेरैको नजर तान्न सकिन्छ ।किन भने एउटै भूगोल जहाँ कुनै ठाउँमा हिउँ पर्दछ । कुनै अति नै चिसो हुन्छ कुनै स्थानमा अति नै प्रचण्ड गर्मी पनि हुन्छ । यस प्रचुर मात्रामा प्रचार प्रसार भयो भने सबै किसिमको पर्यटकलाई आर्षण पार्न सकिन्छ  यस्तै प्रचुर सम्भावना बोकेको जनकपुर अंचल भित्र पर्ने एक जिल्ला हो दोलखा ।

 

“शैलुङ्ग”
शैलुङ्ग दोलखाको सदरमुकाम चरिकोटबाट दक्षिणमा अवस्थित यो स्थान ३१३६ मिटरको उचाइमा रहेको छ । साना ठूला गरी १०० वटा थुम्काहरुको रहेका छन् । तामाङ्ग भाषामा शै भनेको सय र लुङ्ग भनेको डाँडा भन्ने भई सय डाँडा वा शैलुङ्ग नाम रहन गएको भनाइ पनि छ । यहाँबाट पर्यटनलाई लोभ्याउने हिमश्रिंखलाका दृष्यहरु अवलोक गर्न सकिन्छ । यस शैलुङ्गमा प्रचार प्रसारको अभावमा यहाँ पाइने जडीबुटीको बारेमा जानकारी नहुँदा करौडौंको जडीबुटी वनजङ्गलमा कुहिने गरेको छ ।

 

 

त्यसैकारण, प्रचार प्रसारको अभावमा दोलखाको शैलुङमा शैलुङ क्षेत्रको साहित्य, कला, भेषभुषा, रहनसहन, रितिरिवाज, मठ मन्दिर, तालतलैया, गुम्बा, धर्मद्वार, गुफा, मनोरम हिमाली दृष्य जस्ता कुरा ओझेलमा परेका छन् । यस्तै प्रचुर पर्यटकीय सम्भावना बोकेको शैलुङ शैलुङ गाउँपालिका वडा नं. ८ अवस्थित छ र शैलुङको नाम कसरी रह्यो, निर्वाचन क्षेत्र कति छन्, गाउँपालिका भित्र कति वटा वडा छन्, दोलखाको शैलुङ नेपालको कुन भुगोलमा पर्दछ, कति क्षेत्रफल छ, यहाँका प्रमुख चाडपर्व, मेला जात्राहरु के–के हुन् ? कुन–कुन जातजातीहरु बसोबास गर्छन्? कति जनसंख्या छ, कुन–कुन भाषा बोलिन्छ? कुन–कुन धार्मिक स्थलहरु छन् ?

 

 

पर्यटकलाई लोभ्याउने मनोरम दृष्यहरु अवलोकन गर्ने स्थानहरु कहाँ कहाँ छन्? त्यहाँसम्म कसरी पुग्न सकिन्छ ? कुन–कुन जडिबुटी पाइन्छ ? कुन–कुन जातका पशुपन्छी तथा जनावरहरुको बासस्थान रहेको छ? विकास निर्माण, शैक्षिक, राजनीतिक, आर्थिक स्थिति के छ ? जस्ता कुराको ज्ञान छैन र त्यस्तै शैलुङको अति नै शक्तिशालि महादेवको रुपमा चिनिने महादेव मन्दिर, धर्मद्वार, बौद्ध धर्मालम्वीहरुको बिहार धेरै छन् । यसको बारेमा सम्पूर्ण नागरिकलाई जानकारी गराउनु पर्दछ ।

 

 

शैलुङ डाँडाबाट गौरीशङ्कर हिमालय लगायतका हिम श्रृङ्खलाहरुको मनोरम दृष्य अवलोकन गर्न पाइन्छ तर प्रचार प्रसारको अभावले ओझेल परेको अवस्था छ । यी यावत कुराहरुलाई सम्पूर्ण नेपाली माझ तथा विश्वमाझ चिनाउन यहाँका सम्पूर्ण चिजहरुको खोजी गर्दै अडियो भिडियो मार्फत प्रस्तुत गर्न आवश्यक परेको निम्न उद्देश्यसाथ यस गौरीशङ्कर च्छोरोल्पा मिडिया प्रा.लि. ले नविनतम कामको सुरुवात गर्ने जमर्को गरेको छ । आशा छ, यो कार्यले नेपाल मात्र नभई विश्व माझ दोलखा जिल्लाको शैलुङ, यसको भौगोलिक, प्राकृतिक अवस्था आदिले परिचय पाउनेछ । यो कार्यको हामीले आर्थिक, नैतिक, भौतिक आदिको सहयोग पाउने आशा गरेका छौं ।

दोलखाको शैलुङको वृत्तचित्र निर्माण गर्नुको उद्देश्य
शैलुङको चिनारी गराउने

भौगोलिक, आर्थिक, सास्कृतिक, राजनीतिक, भाषिक, जातीय, धार्मिक, शैक्षिक, पर्यटकीय, कला, सीप, उत्पादन, रहनसहन, विकास निर्माण, जडीबुटी, प्राकृतिक श्रोत र सम्पदा, मठ मन्दिर, बौद्ध विहार, चैत्य स्तुपा आदिको बारेमा श्रव्यदृष्य बनाई आम जनमानस र विश्वसामु प्रस्तुत गरी शैलुङको चिनारी गराउने उद्देश्यले गर्दा अस्तित्वर चिनारी अमर रहन्छ ।

 

१. आम जनमानस विश्व र भावी पिडीले दोलखाको सम्पूर्ण खोजमूलक चिज वस्तुहरु खोजेको बेलामा हेर्न पाइन्छ । जसले गर्दा दोलखाको सम्पूर्ण कुरा जान्नको लागि भावि पिडीहरु सम्पूर्ण जनमासलाई सहज हुन्छ ।

 

२. धार्मिक पर्यटकीय प्राकृतिक स्रोत सम्पदा साथै जडीबुटीको बारेमा सहज प्रचार प्रसार र जानकारी प्राप्त हुँदा विदेशी पर्यटकहरुलाई वित्र्याउन सहज हुन्छ र नेपालमा पर्यटकीय अर्थतन्त्रको विकासमा टेवा पुग्दछ ।

 

३. दोलखाको शैलुङ्गमा रहेका खनिज चिज वस्तु जल सम्पदा जडिबुटीको बारेमा जानकारी गराई विदेशी लगानी भित्र्याउन सहज हुन्छ । जसले गर्दा नेपालको आर्थिक विकासमा सहयोग पुग्दछ ।

सैलुङ को सुन्दर तस्बिर हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *