Home > समाचार > प्रदेश ५ को नेकपा संसदीय दलले बोलायको बैठकमा मुख्यमन्त्री नै आएका छैनन

प्रदेश ५ को नेकपा संसदीय दलले बोलायको बैठकमा मुख्यमन्त्री नै आएका छैनन

प्रदेश ५ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले सोमबार बिहान बोलाएको बैठकमा मुख्यमन्त्री शंकर पोखरेल समेत उपस्थित नभएको जानकारी प्राप्त भएको छ ।
प्रदेश ५ का मन्त्रीहरू पनि बैठकका लागि संसदीय दलको कार्यालयमा अहिलेसम्म नपुगेका स्रोतले जनाएको छ ।नेकपाका ६१ जना सांसदमध्ये २० सांसद मात्रै संसदीय दलको कार्यालयमा छन्।सबै सांसद नआएकोले बैठक सुरू भएको छैन।संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल पनि बैठक स्थलमा नभएको समेत स्रोतले जनाएको छ । आज बिहान ७ बजेका लागि बोलाइएको बैठक साढे ९ बजेसम्म सुरू भएको छैन।

रूपन्देहीबाट दाङमा प्रदेश राजधानी सार्ने प्रस्तावविरूद्ध नेकपाका १४ सांसद छन्।प्रदेशसभा बैठक आज १२ बजे बस्दैछ। उक्त बैठकमा प्रदेशको स्थायी राजधानीबारे दर्ता भएको प्रस्तावमाथि छलफल हुनेछ।विपक्षी दल नेपाली कांग्रेसले बिहान १० बजेदेखि प्रदेशसभा भवन अगाडि धर्ना तथा प्रदर्शन गर्ने जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *