Home > समाचार > गुल्मीमा २ जना पहिरोले पुरेर मृत्यु

गुल्मीमा २ जना पहिरोले पुरेर मृत्यु

गुल्मीको इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका हुन्।

इस्मा गाउँपालिका– २ का प्रेमबहादुर कुमाल र सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मी ले जानकारी दिएको छ।सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए । घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *