Home > विश्व > अमेरिकामा मङ्गलबार एकैदिन थपिए ६० हजार कोरोनाका सङ्क्रमित

अमेरिकामा मङ्गलबार एकैदिन थपिए ६० हजार कोरोनाका सङ्क्रमित

काठमाण्डौ – अमेरिकामा मङ्गलबार मात्र कोरोना भाइरसका ६० हजार नयाँ सङ्क्रमित बिमारी थपिएका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएकोमध्ये अहिलेसम्मकै धेरै हो ।
यसअघि अमेरिकामा २ जुलाईमा एकैदिन सबैभन्दा धेरै ५५ हजार दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।

क्यालिफोर्निया र टेक्सास जस्ता राज्यमा एकैदिन १० हजार  नयँ सङ्क्रमित  भेटिइरहेका थपिदै छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कोरोना महामारीलाई लिएर अमेरिका राम्रो स्थितिमा रहेको बताएका थिए । तर अमेरिकाका महामारी रोग विशेषज्ञ र कोरोना मामिलाका सल्लाहकार डाक्टर एन्थनी फाउचीले अमेरिका अझै पनि कोरोना सङ्क्रमणको स्थिति अझै गम्भीर हुने बताएका थिए ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको देश हो । अहिलेसम्म ३० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *