Home > मुख्य समाचार > अदालतले आयोगलाई निर्वाचनको तयारी रोक्न भनेको छैन : कांग्रेस सभापति देउवा

अदालतले आयोगलाई निर्वाचनको तयारी रोक्न भनेको छैन : कांग्रेस सभापति देउवा

चुनमणी शर्मा

फागुन ४ बुटवल / भैरहवा हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडी बढाउन आग्रह गर्नु भएको छ । नेपाली कांग्रेसले रुपन्देहीको भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आयोगले निर्वाचनको कामलाई किन अगाडी नबढाएको हो गुनासो समेत गरे ।

सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचारधिन रहेपनि अदालतले निर्वाचन आयोगको काम रोक्न भनेको छैन भन्दै निर्वाचन आयोगको क्रियाकलाप शंकास्पद रहेको समेत बताएको छन् । प्रधानमन्त्री ओलीले गत पौष ५ गते संसद विघटन गरेपछि संवैधानिक व्यवस्था अनुसार त्यसको ६ महिना भित्र निर्वाचन गराउनु पर्ने भएपनि त्यो अवस्थामा आयोग तयार नभएको सभापति शेरबहादुर देउवाले बताए।

 

सभापति शेरबहादुर देउवाले नेकपा विभाजन भएसँगै चुनाव चिन्हका बारेमा दुबै समूहबाट दाबी भएको अवस्थामा निर्वाचन आयोगले समयमै निर्णय गर्न नसकेको भन्दै आयोगको आलोचना समेत गरे ।

देउवाले नेपालमा अवको शक्ति भनेको नेपाली कांग्रेस नै भएको दाबी गर्दै निर्वाचन जहिले भएपनि कांग्रेस कार्यकर्ताहरु चुनावका लागि तयारी रहन निर्देशन समेत दिए ।

सभापति देउवाले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको बताए । उनले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै मतलब नभएको बताए ।

‘कुनै बेला पनि चुनाव हुनसक्छ,’ उनले भने, ‘तर आयोगले अहिलेसम्म किन केही बोल्दैन ?’ नेकपाको विवाद पनि आयोगले छिटो टुंग्याउनुपर्ने देउवाको भनाइ छ। ‘नेकपाको विवाद टुंग्याउन अदालतको निर्णय कुर्नु पर्दैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *