नेपालमा पहिलोपटक एकजनाको ज्यान गएको छ । शनिबार कोरोना भाइरस कै कारण एक २९ बर्षिया सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विस्स्वृत विवरण लिइएको र कोभिड-१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड-१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’
काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत १० दिनकी सुत्केरी महिलाको मृत्यु भएको हो। १० दिन अघि त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनी अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी थिइन् । सिन्पाल्चोकको बाह्रबिसेकी उनमा घर पुगेपछि श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो नेपालमा कोरोना संक्रमितको संख्या भने २८१ पुगेको छ।