Home > समाचार > पोखरामा बियरको बोतलले कुटपिट गरि हत्या गरेको आरोपमा एक पक्राउ

पोखरामा बियरको बोतलले कुटपिट गरि हत्या गरेको आरोपमा एक पक्राउ

कास्कीको पोखरा महानगरपालिका-३१ स्थित बेगनास ताल बस्ने ६१ वर्षीय शुर सिंह लामाको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुठ्ठे लामाले कात्तिक १५ गते बियरको बोतलले कुटपिट गर्दा गम्भीर घाइते भएका शुरसिंहको बुधबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले कुटपिट गर्ने जुठ्ठे लामालाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *