नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको हालै बसेको कार्यसमितिको बैठकले दुई पुरस्कारहरूको निर्णय गरेको छ । प्रतिष्ठानले दार्जिलिङ निवासी साहित्यकार नन्द हाङ्खिमलाई भीमदर्शन मुक्तक पुरस्कार र नेपालगञ्जनिवासी साहित्यकार खगेन्द्र गिरी कोपिलालाई कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र एकतीस हजार रुपैयाँ रहेको छ । वि.
Read More