Home > मनोरन्जन > शैलुङमा “सांस्कृतिक पर्यटन महोत्सव” हुने

शैलुङमा “सांस्कृतिक पर्यटन महोत्सव” हुने

२०८० चैत २२, काठमाडौं ।
काठमाडौं नजिकैको सुन्दर गन्तव्य हो शैलुङ । अहिले शैलुङको प्रचारप्रसार भएयता शैलुङ जाने आन्तरिक र केही बाह्य पर्यटकहरुको संख्या उल्लेख रहेको छ ।

शैलुङको प्रचारको लागि कलाकार रन्जना थपलियाले आगामी २०८०/१२/२४ गते “सुन्दर पर्यटकीय गन्तव्य शैलुङ जाऔं” नारासहित सबैलाई हार्दिक निमन्त्रणा गर्नु भएको छ ।

सुन्दर, आकर्षक, मनमोहक शैलुङमा नयाँ वर्ष २०८१ को अवसरमा सो दिन आयोजना गरिने “सांस्कृतिक पर्यटन महोत्सव”मा सबैलाई सहभागी हुन रन्जनाले आमन्त्रण गर्नु भएको हो ।

महोत्सवमा प्रमुख अतिथिका रुपमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र विशिष्ट अतिथिको रुपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र वरिष्ठ चलचित्र निर्देशक माधवराज खरेल, (गिनिज वर्ल्ड रेकर्ड्स) रहनु हुनेछ ।

यसैगरी उक्त महोत्सवमा चर्चित छायांकन तथा भिडियो संपादक विनोद बम, संचारकर्मी कमला जोशी, चलचित्र निर्माता ठकुरीलगायतको पनि उपस्थिति रहनेछ । यसैगरी अन्य कलाकार, साहित्यकार, समाजसेवी लगायतको पनि उपस्थिति रहनेछ ।

समाजसेवी एवं गीतकार शोभित उप्रेतीका अनुसार शैलुङमा मिनी लुम्बिनी, विज्ञानपार्क, कृषि संग्रहालय लगायत निर्माणाधीन विशेष योजनाहरुमा काम भइरहेको छ ।

शैलुङमा घुम्नैपर्ने आकर्षण स्थानहरुमा शैलुङ सैयौं थुम्का, शैलुङ ग्रेटवाल, शैलुङेश्वर महादेव, फलाम पोखरी प्रमुख रहेका छन् ।

शैलुङबाट सूर्योदय र सूर्यास्त स्पष्ट देख्न सकिन्छ भने गौरीशंकर हिमालको सुन्दरतालाई चुम्न सकिन्छ ।

शैलुङ धार्मिकतवरमा पनि महत्वपूर्ण मानिन्छ । त्यहाँ चरणावतीधाम, सीता चूलो, सीता धारा, राम पाइल, बौद्ध छ्योर्तेन, मुक्तेश्वर पत्थर, भिमानीथान, जुरे ढुंगा महादेव, धर्मद्वार, भिमसेनको तरबार, बुद्द पाइला आदि रहेका छन् ।

यस्तै ढाड खोस्याउने ठाउँ, गाई ढुङा, घुडा दुख्दा दल्ने ढुङ्गा, बाघ ढुङा, गङ्गटो ढुङा, जोर धारा, बाघखोर, गोदावरी फूल्ने ठाउँ, दाईं गर्ने डाँडा, टावर आदि पनि हेर्न र घुम्न सकिने ठाउँहरु छन् ।

आगामी २०८०/१२/२४ गते शनिबार सयौं थुम्का सैलुङमा बिहान ६ बजेदेखि सुरु हुने “सांस्कृतिक पर्यटन महोत्सव”को लागि विशेष तयारी भइरहेको जानकारी कलाकार रन्जना थपलियाले गराउनु भएको छ ।

सो महोत्सवको लागि मिडिया पाटनरमा गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि. रहेको छ ।

अनुगमन प्रतिनिधि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *