Home > मनोरन्जन > आमा,मलाई परदेशले चिनेन भन्दै आए चर्चित गायक बैकुण्ठ महत (अडियोसहित) गीत सुनुहोस

आमा,मलाई परदेशले चिनेन भन्दै आए चर्चित गायक बैकुण्ठ महत (अडियोसहित) गीत सुनुहोस

१० चैत २०८०,शनिवार।
चर्चित गायक बैकुण्ड महतको पुरानो घर गीत सार्वजनिक भएको छ । मौलिक शैलीको एकल गीत शनिबार आफ्नो बैकुण्ठ महत अफिसियल युट्युब मार्फत सार्वजनिक गर्नु भएको हो ।आफ्नो देश आफू जन्मेको गाउँठाउँमै केही गर्नुपर्छ भन्ने सन्देश महतले गीत मार्फत दिनु भएको छ ।कतै यी सबै आफै बन्ने, आफ्नो जन्मस्थल नहेर्ने, पुर्खाका त्याग र जन्म ठाउ बिर्सने चलन र प्रवृतिलेलाइ र गाउँ नबन्ने शहर मात्र भरिने सन्तानहरूले हाम्रा पुर्खाहरूले पनि भारी बोकेका बाजो बारी खनी खोस्री आफ्नै गाउमा मेहनत गरेको कुरा समेत गीत मार्फत प्रस्तुत गर्नु रहेको छ ।

गाउँ छाडेर विदेश अथवा सहरिया हुने चलन झनै बढीरहेको समयमा बैकुण्ठले गीत मार्फत आमाको नाममा पुरानो घर पोत्न आउने कुरा गर्नु भएको छ । उहाले गीतमा बाँजो बारी पनि जोत्ने कुरा गाउँमा विकास छिरे पनि मानिसहरूको सहरको बसाइसराइ रोकिएको छैन। गीतमा बैकुण्ठले आफ्नै गाउँठाउँमा राम्रो भएको कुरामा जोड दिनु भएको छ।

दुई दशक भन्दा बढी समयदेखि गीत संगीतको सिर्जनामा रमाइरहेका महतले त्रिभुवन विश्वविद्यालयबाट संस्कृतिमा विद्यावारिधी गरिरहेका छन । गुल्मीमा जन्मिएका लोक प्रिय गायक बैकुण्डमहतका दर्जनौँ गीत चर्चित छन ।

गीत तल सुन्न सक्नुहुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *