Home > समाचार > सरकारकाको २ वर्ष: “खुसी हर्ष कतै मिलेन दाेलखालीलाई “रूद्रबहादुर खड्का सभापति, नेपाली कांग्रेस, दाेलखा।

सरकारकाको २ वर्ष: “खुसी हर्ष कतै मिलेन दाेलखालीलाई “रूद्रबहादुर खड्का सभापति, नेपाली कांग्रेस, दाेलखा।

रुद्रबहादुर खड्का सभापति, दोलखा

सरकारको दुई वर्षे उपलव्धि दोलखामा निम्न अनुसार रहेको छन्

-अपर तामाकोसी हाइड्रोपावर एक वर्ष अघिनै सकिनु पर्ने थियो अझै कति लाग्ने हो एकिन छैन।

– खाँडीचौर चरिकोट सडक दुइ लेनको निर्माण २०७४ सालमा सम्पन्न हुनु पर्ने थियो २०७७ मा पनि सम्पन्न हुनेमा अझै भन्न सकिन्न।

– तामाकोसी तेश्रो (६५० मेघावाट) २०६८ मा नै निर्माण गर्ने तयारीमा थियो तर आजका दिन सम्म पनि अत्तोपत्तो छैन।

– खरिढुंगामा रहेको म्याग्नेसाइट उत्खनन रोकियको पनि दशकौ भै सक्यो त्यसतर्फ कसैको ध्यान गए जस्तो लाग्दैन।

– उत्तर दक्षिण राजमार्ग निर्माण गर्न १०औ वर्ष अघि देखि शुरुवात गरिएको भए पनि हाल सम्म पनि भाषणमा सिमित देखिन्छ।

– धार्मिक पर्यटकिय स्थल शैलुंग, चेर्दुंग, लप्ची, छ्योरोल्पा ताल,को विकास गरी पर्यटन विकास गर्छु भनि भाषण गर्दै विजय हासिल गरेको पनि धेरै पटक भयो तर हाल सम्म पनि त्यस स्थानको सहज पहुँच र आवश्यक निति निर्माण गरेको देखिदैन।

– दोलखा जिल्लाका कुनै पनि सडक १२ महिना चल्ने अवस्थाका छैनन।

– विकासे कार्यलयहरु दोलखा बाट अनेन्त्र सर्ने क्रम तीव्र गतिमा छ।

– महँगी , भ्रष्टाचार, वेथितिले चरम नाघि सकेकोछ, कर प्रणाली ले त झन जनताको नाममा बनेको सरकारको उपाहास गरि रहेकोछ।

– वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ अभियन्त रहेको चलचित्र(फ़िल्म सिटी) नगरीको निर्माण अन्यौलमा रहेकोछ।

– जनताको सरोकारको कार्यलय निर्माण र स्थायित्व दिन राजनिति भइ रहेकोछ।

– नेकपाको सदस्य भए वापत देश विदेश भ्रमण गर्ने तथा गोष्ठीसेमिनार गरि चरम आर्थिक नोक्सानी गर्न तछाड मछाड चलिरहेकोछ।

– दोलखामा निर्माणाधीन हाइड्रोपावरमा शक्तिको दुरुपयोग गरि चरम दोहन भइ रहेकोछ।

– लगानी मैत्री हुनु पर्नेमा निरुत्साहित गर्ने कामले प्रश्रय पाइरहेकोछ।

– यिनै उपलव्दि जनताको नाममा बनेको सरकारको रहेकोछ। सवैलाई चेतना भए !!?

रूद्रबहादुर खड्का, सभापति, नेपाली कांग्रेस, दाेलखा।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

साभर गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *