काठमाण्डौ – राप्ती समाज काठमाडौँले हरेक वर्षझैँ यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरू म्युजिक अवार्ड वितरण गरेको छ । समाजले “ छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट अवार्ड वितरण गरेको हो । सो अवसरमा यस वर्षको नव प्रतिभा अवार्ड लोकप्रिय गायक रुद्र शेखर शर्मा “रुढी”ले हात पारेका छन् ।
उनको “दुख्दीन म” बोल गीतलाई उक्त अवार्ड दिएको राप्ती समाजले जनाएको छ ।
गायन क्षेत्रमा छोटो समयमै नेपाली दर्शक तथा श्रोताहरुको मनमनमा बस्न सफल गायक हुन रुद्र शेखर शर्मा । उनले पछिल्लो समय बजारमा ल्याएको रुपम एल्वम्ले निक्कै राम्रो लोकप्रियता कमाई रहेको छ ।पाँच ओटा गीतहरु समावेश गरेर बजारमा ल्याइएको उक्त एल्वम भित्रकै एउटा गीत हो ”दुख्दीन म“ । गजल जनारामा गाइएको यो गीत अत्याधिक रुचाइएको गीत हो ।
छोटो समयमै जादुमय गायकि प्रस्तुत गरेर भिन्नै पहिचान दिन सफल गायक शर्माका पछिल्ला समयका हरेक गीत आम श्रोता माझ कर्णप्रिय छन् । गायनसँगै मोडलिगंमा समेत रुचि राख्ने शर्माले केही म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेका छन् ।
छैठौ राष्ट्रिय रापती म्युजिक अवार्ड २०१८को लागि गायक शर्माले गायक पर्शु गीरीको तिम्रो त्यो मन्द मुस्कान, सुजन तिगेला लिम्बुको माया नी, यस राज कुमारको तिमिले सम्झेर होकी र अमर विकको हिड्दा हिड्दैलाई पछि पार्दै दुख्दीन म मार्फत सर्वोत्कृष्ट नव गायकको अवार्ड उचाल्न सफल भएका हुन ।