सुरज प्रसाद थपलिया
काठमाडौं, चैत ४- उप्रेती समाजसेवा समितिले नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शनिबार बत्तिसपुतलीस्थित एक होटलमा बिशेष कार्यक्रमको आयोजना गरि रक्षामन्त्री उप्रेतीलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम गरेको हो ।
समितिका पुर्व उपाध्यक्षसमेत रहेका रक्षामन्त्री उप्रेतीलाई संस्थाका अध्यक्ष शोभित उप्रेती, बिशेष अतिथि नेपालका लागि हंगकंगका बाणिज्य दुत पिके जोनलगायत संस्थाका वंशज सदस्यहरुले सम्मानपत्रसहित दोसल्ला ओडाएर
हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।