तामाङ समुदायहरुको वाहुल्यता रहेको दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ९ लाँकुरीडाँडा फुलवारी घुम्तीमा निर्माण गरिएको बुद्ध गुम्वा तथा सामुदायिक भवनको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उदघाटन तथा हस्ताणतरण गर्नु भएको छ ।
गुम्वा उदघाटन गर्नुहँदै मन्त्री गुरुङले नेपाल बुभाषिक तथा बहुधार्मीकहरुको देश रहेको हुँदा धार्मिक सम्पदाहरु नेपालको सम्पती भएको र त्यसको सर्वैले संरक्षण गर्नुपर्ने बताउनु भयो । नेपालको धेरै मठ मन्दिर तथा गुम्वाहरु भुकम्पका कारण क्षेति पुगेको कारण सरकारले प्राथमिकताका साथ धमाधम पुन निर्माणमा गरि रहेको समेत उहाँले बताउनु भयो ।
बैद्धधर्मलम्वी तथा तमाङ समुदायको बाहुल्यता रहेको लाकुरीडाँडामा रहेको श्री बुद्ध गुम्वा तथा सामुदायिक भवनमा भुकम्पका कारण क्षेति पुगेको र एसोएस बालग्रामले आपतकालीन सहयता कार्यक्रम मार्फत १ करोड ८२ लाख ५७ हजार २९३ को लागतमा पुन निर्माण गरेको हो । विनासकारी भुकम्पका कारण गुम्वामा क्षेति पुगेको र मुर्तिहरु असुरक्षित रहेका भन्दै गुम्वा पुन निर्माणका लागि समुदायको आग्रहमा गुम्वा विकास समिती तथा पुन निर्माण प्राधिकरण संगको समन्वयमा निर्माण गरिएको सामुदायिक भवन तथा गुम्वा पुन निर्माणले संस्कृतीम धरोहरको संरक्षण र तथा साझा गतिविधीहरु संचालनका लागि सहज भएको लामा गुरु पेमा लामाले बताउनु भयो ।
भुकम्प पश्चात एसोएस वालग्रामले दोलखाको भिमेश्वर नगरपालिका को लाँकुरीडाँडामा विद्यालय तथा निजी आवास निर्माणको काम समेत सम्पन्न गरेको छ । लाँकुरीडाँडाकै सुर्के माध्यमिक विद्यालय ७ करोडको लागतमा निर्माण सम्पन्न गरि हस्ताणतरण गरेको छ । लाकुरीडाँडाकै एक सय सात घर परिवारलाई एकै प्रकारको नमुना घर निर्माण गरि हस्ताणतरण गरेको छ । एक सय सात घर परिवारलाई प्रति घर ११ लाख ५० हजारका दरले १३ करोड बराववरको लागतमा घरहरु निर्माण गरिएको कार्यक्रम व्यवस्थापक भरत आचार्यले बताउनु भयो । नगरपालिका भित्रै एसोएसको सहयोगमा १०७ घर एकै प्रकारको नमुना घर निर्माण भएको र त्यस क्षेत्रमा भिमेश्वर नगरपालिकाले होम स्टे संचालनको लागि तयारी गरी रहेको भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले बतउनु भयो ।