Home > मुख्य समाचार > विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार सम्मान

विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार सम्मान

काठमाण्डौं, कलेज रिडर्स द्धार मल्ल होटलकाठमाण्डौंमा आयोजित विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार सम्मान’ कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट उपकुलपति तथा रजिष्ट्रार हरुलाई नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मान तथा अवार्ड गर्नुभएको छ । मुल्याँकन समिति प्रमुख प्रा डा भीमप्रसाद सुवेदीको सिफारिसमा उक्त सम्मान तथा अवार्ड प्रदान गरिएको हो । कलेज रिडर्सका संरक्षक भवानीप्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कलेज रिडर्सका प्रमुख कार्यकारी अधिकृत जितेन्द्र घिमिरेले कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन कलेज रिडर्सका सम्पादक केशव नेपालले गरेका थिए ।

वर्षको उत्कृष्ट उपकुलपतिः प्रा.डा. नन्दबहादुर सिंह, उपकुलपति, मध्यपश्चिम विश्वविद्यालय

वर्ष उत्कृष्ट रजिष्ट्रारः डा तिलकराम आचार्य, रजिष्ट्रार, लुम्बिनी बौद्ध विश्वविद्यालय

प्रोमिसिङ भाइस चान्सलर अफ दि इयरः प्रा . डा . भोला थापा, उपकुलपति, काठमाडौं विश्वविद्यालय

प्रोमिसिङ रजिष्ट्रार अफ दि इयरः प्रा.डा.दीपकबहादुर भण्डारी, रजिष्ट्रार, पोखरा विश्वविद्यालय

उपकुलपति र रजिष्ट्रारहरूको सम्मान तथा अवार्डका लागि विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीको अध्यक्षतामा निर्मित मुल्याँकन समितिले निश्चिित मापदण्ड निर्धारण गरी सम्मान तथा अवार्डका लागि सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *