Home > कला र साहित्य > बालबालिकाहरुलाई विद्यालय पठाएर मात्रै अभिभावकको भूमिका पूरा नहुने : मन्त्री कुमारी मोक्तान

बालबालिकाहरुलाई विद्यालय पठाएर मात्रै अभिभावकको भूमिका पूरा नहुने : मन्त्री कुमारी मोक्तान

दोलखा, ०७ फागुन । दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ८ स्थित श्री शारादा माध्यमिक विद्यालयको ६३ औँ वार्षिक वार्षिक उत्सव एवं अभिभावक दिवस सोमबारदेखि सुरु भएको छ ।
वार्षिकोत्सवको एक विशेष समारोहका बीच बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाएर मात्रै अभिभावकको भूमिका पूरा नहुने भन्दै कुनै पनि विद्यालयको शैक्षिक विकासमा शिक्षक र विद्यार्थीका साथै अभिभावकको पनि उत्तिकै दायित्व हुने धारणा राखिन् । अर्काे एक प्रसङ्गमा मन्त्री मोक्तानले माध्यमिक तहसम्म सञ्चालित विद्यालयहरु प्रदेश सरकारको जिम्मेवारी भित्र नपरे पनि शिक्षा जस्तो सार्वजनिक सरोकारको विषयमा बागमती प्रदेश सरकारले नीतिभन्दा माथि उठेर सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास, शैक्षिक सुधार एवं प्राविधिक शिक्षाको विकास लगायतका क्षेत्रमा विशेष सहयोग गर्दै आएको जानकारी दिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल श्रेष्ठ ज्योतीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव एवं अभिभावक दिवस उद्घाटन समारोहमा राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ, प्रेस सेन्टर दोलखाका इन्चार्ज शिव कुमार भुजेल, एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । वार्षिकोत्सव अन्तर्गत विद्यार्थीहरुवीच भलिबल, हाजिरी जवाफ लगायत विविध सिर्जनात्मक प्रतिस्पर्धाहरु हुने आगामी बिहिबारसम्म विविध कार्यक्रमका साथ मनाइने विद्यालयका प्रधानाध्यापक मान बहादुर तमाङले जानकारी दिए।

 

 

 

न्युज साभार – जनता पेज

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *