Home > मनोरन्जन > सनम कठायतको नयाँ गीत “तिमी त दुश्मन” सार्वजनिक

सनम कठायतको नयाँ गीत “तिमी त दुश्मन” सार्वजनिक

काठमाडौं। चर्चित मोडेल सनम कठायत र अनिता गिरिको नयाँ म्युजिक भिडियो “तिमी त दुश्मन”  एभरेस्ट ग्यालरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

प्रेम संगमको शब्द रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । उक्त म्युजिक भिडियोमा चर्चित मोडेल सनम कठायत, अनिता गिरि र सपना छेत्रीको अभिनय रहेको छ। भिडियो माया प्रेम कथामा आधारित रहेको छ । दिपक गिरिद्वारा छायांकन भएको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । भिडियोलाई जनक सिंहले निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *