काठमाडौं – नेपाली चलचित्र तथा गीत संगीतमा काम गर्ने कलाकार तथा प्राविधिकहरुले श्रमको उचित मूल्य पाउन नसकेको सम्बन्धित पक्षले जनाएका छन् । नेपाल चलचित्र तथा श्रमिक सँगठन (फावन)ले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई आफ्नो समस्या सुनाउन सोही प्रतिष्ठानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले श्रमको उपयुक्त मूल्य नपाएको बताएका हुन् ।
फावनको मानार्थ सदस्य माधवराज खरेलले सहजीकरण गरेको सो कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले अब चाँडै नै प्रतिष्ठानले कलाकारहरुको योगदानको आधारमा बर्गिकरण गर्ने बताईन् । सोही बर्गिकरणको आधारमा उनीहरुले गीत रेकर्डिङदेखि स्टेजमा गीत प्रस्तुतिसम्मको न्युनतम पारिश्रमिक आफुहरुले तय गर्ने पनि जनाईन् ।
सोही प्रतिष्ठानका उपकुलपति शम्भु राईले कलाकारका पारिश्रमिक’bout आफुहरु निकै चिन्तित रहेको र यसका लागि चाँडै नै आफुहरुले कार्यविधि ल्याउने पनि उनले बताए,‘हामी अहिले कार्यविधिको तयारीमा छौं । यो वर्ष भित्रै नयाँ कार्यविधि आएपछि गीत संगीत क्षेत्रका धेरै बिकृतिहरु बिस्तारै निकारण हुँदै जानेछन् ।’
कार्यक्रममा संगीत रोयल्टी सँकलन समाजका अध्यक्ष शुरेश अधिकारीले श्रमिक कलाकारहरुको समस्यालाई आफुहरुले नजिकबाट बुझेको र रोयल्टी सम्बन्धि अन्तराष्ट्रिय कानून चाँडै लागु गरेर उनीहरुको सृजनाको अधिकारलाई सुरक्षित गर्ने बताए ।
सो प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटाले कानूनकै अभावका कारण श्रमिक कलाकारहरुको श्रममा समानता नभएको बताए । त्यसको लागि नयाँ कानून ल्याउन आफुहरुले पहल गरिहेको उनले बताए ।
कार्यक्रममा फवनका सल्लाहकार शान्तिप्रियले अहिले पनि गीतकारलाई सित्तैं गीत लेखाउने क्रम जारी रहेको बताए । पैसा दिए पनि अत्यन्त कम दिन गरेको उनको कथन थियो । नेपालमा सबैभन्दा बढी गीत संगीतमा लगानी गीतकारहरुकै रहने गरेको पनि उनले बताए । अर्का सल्लाहकार ऋषी लामिछानेले कलाकारहरुको असमान पारिश्रमिका कारण चलचित्र क्षेत्रका आर्थिक बिकृति देखिएको छ भने ।
फावनको उपाध्यक्ष ऋषीराज आचार्यले कलाकारहरुको पारिश्रमिक देखि अन्य कुरालाई समायोजना गर्न संगीत नाट्य एकेडेमीले नयाँ ऐन नै ल्याउनु पर्ने सुझाब दिए । चाँडै आउन लागेको चलचित्र ऐनमा पनि यो कुरा समेट्न आफुहरु सक्रिय रहेको उनले बताए ।
फावनका मानार्थ सदस्य एवम् संगीतकार दीपक शर्माले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले संगीतकर्मी कलकारहरुको धेरै समस्यालाई नजिकबाट बुझ्नु पर्ने बताए । प्रतिष्ठानले स्थानीय निकायमा गएर मौलिक गीत संगीतलाई चाँडो भन्दा चाँडो सँरक्षण नगरे एक दशकपछि ती मौलिक गीत संगीत, बाजाहरु लोप हुने सुझाब दिए ।
यस्तै फावनका सह कोषाध्यक्ष प्रवण भुसालले नेपाली चलचित्र एवम् नाट्य क्षेत्रका समस्या’bout प्रकाश पारे । चलचित्र तथा नाटक क्षेत्रका कलाकारहरु सिमित पारिश्रमिक अत्याधिक रहेको र धेरै कलाकारहरु पारिश्रमिकको हिसावले पीडित रहेको बताए । उनले स्थानीय देखि केन्द्रसम्म नाट्य क्षेत्रमा देखिएका समस्यालाई सुधार्न सल्लाह दिए ।
फागनका कोषाध्यक्ष एवम् अभिनेता तेज गिरीले कलाकारहरुलाई चलचित्र तथा संगीत क्षेत्रमा अब कर्पोरेट हिसावले अघि बढाउनु पर्ने बताए । उनले विशेष कोष निर्माण गरेर अबस्यक परेको बेला चलचित्र तथा गीत संगीत, नृत्यका श्रमिक कलाकारहरुलाई सहयोग गर्न संगीत नाट्य प्रतिष्ठानलाई सुुझाब दिए ।
गायिका तथा फावनसँग आबद्ध कलाकार झुमा लिम्बुले केन्द्रमा कलाकारको पहुँच भए पनि स्थानीय क्षेत्रमा रैथाने कलाकारहरुको पारिश्रमिक निकै न्युय रहेको बताईन् । राष्ट्रिय कलाकारहरुको बोलबालका कारण रैथाने कलाकारहरुले आफ्नो स्थानीय क्षेत्रमा हुने कार्यक्रममा पनि कला प्रस्तुतिको लागि स्थान र पारिश्रमिक पनि नपाउने अबस्था रहेको जनाउँदै यस’bout सो प्रतिष्ठानको ध्यानाकर्षण गराईन् । यस्तै फावनकी उपाध्यक्ष सरिता भारतीले पुरुष कलाकारको तुलनामा महिला कलाकारको पारिश्रमिक कम हुने गरेको र सँगीत तथा चलचित्र क्षेत्रमा श्रममा पनि लैँगिक बिभेद छ भनिन् ।
फावनका अर्का मानार्थ सदस्य राजेन्द्र बजगाईंले स्टेजमा गीत संगीत प्रस्तुतिका क्रममा आयोजकबाट निकै विभेद हुने गरेको समस्या’bout कार्यक्रममा अबगत गराए । राम्रा सक्षम कलाकार भन्दा भाईरल भएकाहरुलाई मेला महोत्सबमा स्थान दिईने हुँदा अब त्यस्ता कार्यक्रममा कस्ता कलाकारलाई स्थान दिने भन्ने’bout कार्यविधि बनाउन उनले प्रतिष्ठानलाई अनुरोध गरे । बजगाईंको भनाईमा समर्थन गर्दै अग्रज संगीतकार बसन्त सापकोटाले नयाँ र भाईरललाई स्टेज देखि मिडियासम्मले स्थान दिँदा राम्रा र व्यबसायिक कलाकारहरु मारमा परेका छन भने ।
फावनको उपाध्यक्ष दयाराम घिमिरेले बृत्तचित्रसँग सम्बद्ध सिनेकर्मीहरुको श्रमको अबस्था’bout कार्यक्रममा अबगत गराए । कार्यक्रममा गायक डेभिड शँकरले स्टेज कार्यक्रममा आफुहरुलाई कार्यक्रम प्रस्तुतिपछि सुरुमा तोकेको भन्दा पारिश्रमिक घटाएर पारिश्रमिक दिने गरेको समस्या सुनाए । यस’bout सम्झौताको लागि एउटा कार्यविधि बनाउन पनि उनले प्रतिष्ठानलाई अनुरोध गरे । अर्का गायक कृष्ण काफ्लले विदेशमा गीत संगीत प्रस्तुत गर्दा नेपालको तुलनामा त्यतिधेरै समस्या नभएको बताए ।
कार्यक्रममा फावनका मानार्थ सदस्य ओम सुनारले संगीतकारहरुको पारिश्रमिकको ’bout जानकारी गराए । यस्तै फावनका महसचिब राजन थापा, सचिब कमला जोशी, सदस्य एवम् छायाँकार राजन खरेल, सदस्य एवम् गायक नविन कुमार पौडेल, गायक नारायण थापालगायतले पनि आफुहरुको भोगाई’bout चर्चा गरे ।
सो अन्तरक्रिया कार्यक्रममा उठेका सबै समस्याहरुलाई एउटा प्रतिवेदन बनाएर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई बुझाउने फावनका सल्लाहकार डब्बु क्षत्रीले बताए । उनले यी समस्यालाई केही महिनापछि आफुहरुले आईएलओको अन्तराष्ट्रिय सम्मेलनमा पेश गर्ने पनि जानकारी गराए ।