Home > समाचार > बम्जनमाथि आरोपै आरोप:पहिले बेपत्ता र हत्या,अहिले बलात्कार पटक पटक किन फरार

बम्जनमाथि आरोपै आरोप:पहिले बेपत्ता र हत्या,अहिले बलात्कार पटक पटक किन फरार

लिटिल बुद्धको नामले चिनिने रामबहादुर बम्जनमाथि एक वर्षअघि चारजना अनुयायीलाई बेपत्ता बनाएको आरोप लाग्यो । पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । वर्ष दिन बितिसक्दा पनि प्रहरीले बम्जनलाई फेला पार्न सकेको छैन।

मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर बेपत्ता भएको भनेर उजुरी परेको थियो । उनीहरुको हत्या भएको हुन सक्ने आशंका गरिए पनि प्रहरीले प्रमाण भेट्टाउन सकेको छैन ।

बरु मकवानपुरका बाइबालाई खोज्ने क्रममा प्रहरीले बम्जन प्रकरण पछाडिको रहस्य छेऊ पुगेको दाबी गर्‍यो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६, बाँडेगाउँको तोड्केमा रहेको आश्रममा छापा मारेर प्रहरीले नुनको पोका बरामद गरेपछि यो दाबी गरिएको थियो ।

त्यसवेला मकवानपुरका एसपी मुकुन्द मरासिनीले आश्रममा केही शंकास्पद वस्तु भेटिएको दाबी गरेका थिए ।

पीडित परिवारले वाइबाको हत्यापछि शव सडाउन नुन प्रयोग भएको दाबी गरेको थियो । त्यही चार फिट गहिरो खाल्डो खन्दा नुनको पोका भेटिएपछि यो आशंका गरिएको थियो । यद्यपि, शवको अवशेष भेटिएन ।

प्रहरीले अनुसन्धान जारी नै राख्यो तर, बम्जनको बाधी श्रवण धर्म संघमा आवद्ध पूर्वराज्यमन्त्री मणि लामासहितका व्यक्तिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतलाई भेटेपछि प्रहरी अनुसन्धान सेलाएको थियो ।

एकातिर बलियो सबुद नहुनु र अर्कातिर विवादमा पनि पर्न सक्ने डर भएपछि प्रहरी पछि हटेको थियो । त्यसअघि ३० भदौ २०७६ मा रौतहटकी एक किशोरीले बम्जनले आफूमाथि बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *