महोत्सव भित्र हुने विभिन्न आकर्षण मा काँठ क्षेत्र मा लुकेर बसेको प्रतिभा लाई बिस्व भर चिनाउने उद्देश्य ले काँठे लोक दोहोरी प्रतियोगता समेत समाबेस गरिए को छ। भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पुर्याउने तथा काँठ क्षेत्रका गीत संगीत लुकेर बसेका काँठ क्षेत्र का संस्कृत सभ्यता संरक्षण तथा प्रर्वद्धन साथै काँठ क्षेत्र मा उत्पादित विभिन्न कृषि जन्य तथा अन्य सामाग्री को प्रदर्सन तथा बजारिकरण गर्ने उद्धेश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फाल्गुन १६ गते देखि २० गते सम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको ह
- च्छोरोल्पा खबर संग कुरा गर्ने क्रममा महोत्सब का ब्यबस्थापक श्रबण कुमार मिश्र ले “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नारा लिएर महोत्वसको गर्न लागिएको बताउनु भयो।
- काँठे दोहोरी गित प्रतियोगिता का संयोज चर्चित गायक सरोज लामिछने ले । मेलापातमा झुन्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसेकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज सम्रग लोक सांगीतीक क्षेत्रले विर्सिएको छ, त्यसलाई विश्व सामु उजागर गराउने, नेपाल सरकारको योजना पर्यटन भ्रमण वर्ष २०२० को पर्वद्धन गर्ने, काँठ क्षेत्रमा रहेको एतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाध्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगाएतको प्रवद्धन गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण प्रोत्साहन गर्ने जानकारी दिनुभयो
- टुडिखेलमा हुने कार्यक्रममा निःशुल्क प्रवेसको व्यवस्था गरिएको छ भने फाल्गुण्न १६ गते देखि २० गते (पाँच दिन) सम्म चल्ने महोत्वस मा आफ्नो प्रतिभा देखाउन चाहने कलाकार हरुले आफ्नो टिम दर्ता गर्न को लागि माघ १० गते देखि फाल्गुन ११ गते सम्म प्रतियोगिता संयोज लामिछने लाई सम्पर्क गर्न सकिनेछ। कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको बजोड प्रस्तुति समेत रहने छ ।