Home > समाचार > टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय कप्तान रोहितको कीर्तिमानी शतक

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय कप्तान रोहितको कीर्तिमानी शतक

रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी शतक प्रहार  गरेपछि भारतले अफगानिस्तानविरूद्धको तेस्रो टी-२० खेलमा ४ विकेटको क्षतिमा २१२ रन जोडेको छ।

बेंगलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि रोहितले नटआउट १२१ रन जोडे। उनले ६९ बलमा ११ चौका र ८ छक्का प्रहार गरे।

यो रोहितको पाँचौ टी-२० अन्तर्राष्ट्रिय शतक हो। जससँगै उनी सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी बने।

टी-२० अन्तर्राष्ट्रियमा भारतकै सूर्यकुमार यादव र अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४-४ शतक प्रहार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *