Home > समाचार > बम विस्फोट मोरङ केराबारीमा

बम विस्फोट मोरङ केराबारीमा

मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ। गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ घटना माघ ११ हो।

केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको सोही गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

 

सडकमा बम राखिएको जानकारी पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । तर, सुरक्षाकर्मी समयमै नपुग्दा रातभर त्रास छाएकाे थियाे ।

डीएसपी थापाका अनुसार, दुवै घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने ठानिएको छ । तर खुलिसकेको छैन ।

मोरङमा एक साताभित्र भएको यो दोस्रो हिंसात्मक घटना हो । यसअघि बिहीबार मात्रै विप्लव समूहले मोरङको मिक्लाजुङमा डोजर जलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *