Home > मनोरन्जन > जंगी अड्डामा नेपाली सेनाले मनायो पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस

जंगी अड्डामा नेपाली सेनाले मनायो पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस

काठमाडौं। नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर मनाएको छ। नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा विशेष कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो।

 

सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिमा पुष्पहाल अर्पण गरे। यस अवसरमा जङ्गी अड्डामा आयोजित विशेष समारोहमा  कविता प्रतियोगिताका उत्कृष्ट कविताहरू वाचन पृथ्वीनारायण शाहको दिव्योपदेश सम्बन्धी प्रवचन भएको थियो ।३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस जंगी अड्डालगायत मुलुकभर एवंविदेशमा तैनाथ नेपाली सेनाको ईकाइमा विभिन्न कार्यक्रम गर्दै मनाइएको नेपाली सेनाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *