काठमाण्डौ- म्युजिक भिडियो निर्देशक जनक सिंहको निर्र्देशनमा खप्तडमा छायांकन गरिएका तीन गीतको भिडियोहरुको विमोचन गरिएको छ । ‘दृष्यमा खप्तड, शृंखला – २’ मा तीनटा गीतको भिडियो रहेका छन् । शिव परियार र नीता आचार्यको स्वरमा रहेको ‘जिन्दगी त सँगै जिउने हो’ सीडी विजय अधिकारी र नीता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’, यसैगरी सीडी विजय अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन्द मन्द’ विमोचन गरिएका हुन् ।
‘जिन्दगी त सँगै जिउने हो’ को शब्द र संगीत नै दिपक शर्माको रहेको छ । यसैगरी ‘गरिदेऊ बिदा’मा शब्द सागर बास्तोलाको रहेको छ भने संगीत ऋषी खड्काले गरेका हुन् भने ‘मन्द मन्द’मा शब्द पद्म लिखामगरको रहेको छ भने संगीत राजकुमार बगरको रहेको छ
बिगत लामो समय देखी नेपाली कला क्षेत्रमा कृयाशिल म्युजिक भिडियो निर्देशक जनक सिंहले सयौंको संख्यामा म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् ।
मुलतः नेपाली सुगम संगितका सफल म्युजिक भिडियो निर्देशकको रुपमा चिनिनु भएका सिंहले यस अधि पनि दृश्यमा खप्तड शृङ्खला अन्तर्गतका दुईओटा म्युजिक भिडियोहरु पनि बजारमा ल्याएका थिए । त्यस्तै निर्देशक सिंह सहित मोडल सनम कठायत र डिबि खड्काको टिमले सुदूरपश्चिमको अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः यसैगरी देखाउँदै जानेगरी ‘दृष्यमा सुदूरपश्चिम’ अभियान घोषणा समेत गरिसकेको बताएका छन् । डकुमेन्ट्री, म्युजिक भिडियो, फिल्मलगायतका माध्यमबाट सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले अभियानको नेतृत्व गरिरहेका सिंहले दृष्यमा खप्तड ‘पाइल प्रोजेक्ट’का रुपमा अघि सारेको बताएका छन् ।
।
तीनवटै गीतमा पुरुष मोडलका रुपमा अभिनय सनम कठायतले गरेका छन् भने महिला मोडलका रुपमा स्मारिका ढकाल र सोफिया धरेलले गरेका छन् ।