Home > कला र साहित्य > गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँदै

गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँदै

काठमाडौँ –  नेपाल साँच्चिकै सयौं थुँगामाा उनिएको एउटा सुन्दर माला हो । नेपालीहरुको आफ्नै मौलिक कलाा, संस्कृति, परम्परा छ । हामीले मनाउने चाडपर्वको विशेषताले विश्वमा हामीलाई अनेकताका एकताको प्रतिकको रुपमा परिचय गराएको छ । हामीले आफ्नो समुदायको पहिचान अनुरुपको विभिन्न चाडपर्वहरु मनाउँदै आईरहेका छौ सवै समुदायहरुले मिलेर ।

आज नेपालीहरु विच मनाईने लोकप्रिय पर्व तमु ल्होसार पर्व हो । विशेष गरेर गुरुङ समुदायले आज यस पर्वलाई धूमधामसँग मनाइरहेका छन् । हरेक बर्ष पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । काठमाडौँ लगायत देशका अधिकांश स्थानमा यो पर्वको रौनक देखिएको छ । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *