Home > कला र साहित्य > रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० को मनोनयन परेकालाई प्रमाण पत्र वितरण

रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० को मनोनयन परेकालाई प्रमाण पत्र वितरण

काठमाण्डौ – गतबर्ष राष्ट्रपति विद्यादेवी भण्डारीवाट समुद्घाटन गरी सुरुवात भएको कनका सुरन्दरी फिल्मस् प्रा.लि. तथा एभरेष्ट ग्यालरीको सहकार्यमा दोश्रो रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ को मनोनयनमा परेका कलाकार,प्राविधिकहरुलाई राजधानीमा एक कार्यक्रमको आयोजान गरी प्रमाण पत्र वितरण गरियो ।

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बी.सि. को प्रमुख आतिथ्यतातामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सरकारका सह–सचीव गगन हमाल, राष्ट्रिय जनसाँस्कृतिक महासङ्घका अध्यक्ष प्रेम अधिकारि, बरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, समाजसेवी दलबहादुर जि.सि., राष्ट्रिय खेलकुद परिषद मार्सल गेम्स महासङ्घका उपाध्यक्ष लालबहादुर जि.सि. समाजसेवी टेक बहादुर बम, चलचित्र निर्देशक माधव खरेल, समाजसेवि डम्बर रावल , राष्ट्रिय जनसाँस्कृतिक महासंघका उपाध्यक्ष आरसि न्यौपाने, समाजसेवि माधव चौलागाईं , सास्कृतिक समाज नेपालका अध्यक्ष राम प्रसाद अवस्थी, देउडा गायक महेश कुमार औजि लगायातको विशिष्ठ व्यक्तित्वहरुको कायक्रममा उपस्थिति रहेको थियो ।

रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० का आयोजक समितिका अध्यक्ष पदम रोकायाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजकका तर्फवाट एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा चर्चित मोडल सनम कठायतले उपस्थित अतिथि तथा कलकार र संचारकर्मीहरुलाई स्वागत गरेका थिए ।

चर्चित लोकगायक अमृत खातीले कार्यक्रम संचालक गरेका उक्त कार्यक्रममा छत्र शाही, शोभा थापा, राप्रसाद अवस्थी लगायतका कलाकारहरुले आफ्नो साँगीतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन भने माघ महिनाको दोश्रो साता सम्म राष्ट्रपतिको समुपस्थितिमा गरिने आयोजकले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *