२०७६ माघ ९ गते हिजो
सुनसरी ईटहरी २ हवाइ चोकका १८ बर्षीय छोरा पारस कार्कीले आफ्नै आमा कवितामाथी खुकुरी प्रहार गरेका हुन । हिजो राती साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया आमा कवितालाई पारसले खुकुरीले शरीरको विभिन्न भागमा प्रहार गरी घाईते बनाएको र उनको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
आमा माथी खुकुरी प्रहार गर्ने पारसलाई खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ