Home > कला र साहित्य > दोलखाको शैलुुङ “कविता यात्रा”को तस्बिर (फोटो फिचर)

दोलखाको शैलुुङ “कविता यात्रा”को तस्बिर (फोटो फिचर)

साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म रहेको “कविता यात्रा” सम्पन्न भएको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्‍याउने कविता यात्राको उदेश्य रहेको थियो ।

यस कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरु शैलुङ पुगेर फर्कनु भएको छ। कविता यात्रामा सहभागी सर्जकहरुमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा। डा। गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाश ढुंगेल, प्रधुम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण के. सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही रहनु भएको थियो।

 

यसैगरी चर्चित गायकहरु नविन पौडेल, नरहरी प्रेमी, रितु कंडेल, गंगा भूर्तेल र बालनृत्यकार रन्जना थपलिया तथा संचारकर्मीहरु पुष्पा थपलिया, हेम थपलियालगायत हुनुहुन्थ्यो। कार्यक्रममा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरुको समेत सहभागीता रहेको थियो ।

शैलुङ गाउँपालिका–८, भैंसे स्थानीय आयोजक रहेको कार्यक्रमले शैलुङमा थप सांस्कृतिक जागरण ल्याउनेमा समाजसेवी एवं गीतकार शोभित उप्रेती च्छोरोल्पा अनलाइन खबरलाई बताउनु भयो । कार्यक्रम तालिकानुसार पुस ४ गते चरणावतीधाम दर्शन, ५ गते शैलुङको थुम्कामा साहित्य विमर्श एवं कवि गोष्ठी तथा स्रष्टा घरको शिलान्यास र ६ गते भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रम थियो ।

शैलुङ परिचय: शैलुङ ३४,०० मिटर उचाईमा अवस्थित महाभारत पर्वत शृङ्खलाको सबैभन्दा उच्च पर्वत हो ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *