काभ्रे जिल्ला धुलिखेलमा पुनःसाहसिक खेल प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । बिश्व बजार प्याराग्लाइडिङ प्रालि ले प्याराग्लाइडिङको व्यवसायिक उडान गर्न लागिएको हो ।
कम्पनीका सञ्चालक किरण कार्कीले जानकारी दिए अनुसार धुलिखेल नगरपपालिका वडा नम्बर ८ को वडा अध्यक्ष बिनोद गौतमको अग्रसरतामा पुन : व्यवसायिक उडान सुरू गर्ने गरि तयारी गरिएको च्छोरोल्पा अनलाइन खबरलाई जानकारी दिए । उनका अनुसार, यसका लागि कम्पनीले प्याराग्लाइडिङको परीक्षण उडान पनि सम्पन्न गरिसकेको छ ।
कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ उडाउने गरि नागरिक उड्डयन प्राधिकरणसँग इजाजत लिइसकेको अध्यक्ष गौतमले जानकारी दिए ।
काभ्रे जिल्लाको पर्यटकिय नगर धुलिखेलमा प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट १५ सय मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब ३०० सय मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्याण्डिङ स्टेशन समुद्री सतहबाट ९ सय मिटरको उचाइमा रहेको छ ।
आफैमा एउटा् पर्यटकिय गन्तब्य रहेको धुलिखेल काठमाण्डौ बाट ३० किलोमीटरको दुरिमा रहेको छ। पर्यटन क्षेत्रको विकासका लागि ब्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान संचालन गर्न अग्रसरता लागिएको अध्यक्ष बिनोद गौतमको भनाइ छ । उनले यहाँ बाह्य मुलुकका पर्यटक समेत आउने विश्वास व्यक्त गरे ।