काठमाण्डौ – खप्तड क्षेत्रमा छायांकन गरिएको अर्को नयाँ म्युजिक भिडियो “तिम्रो सबै कुरा मन पर्छ” सार्वजनिक भएको छ । गायक बिशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत र उहाँकै युट्युव मार्फत सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको थियोे ।
खप्तडका अत्यान्तै मनमोहक दृश्यहरु कैद गरिएको उक्त म्युजिक भिडियोमा दृश्यमा खप्तड कार्यक्रमका अभियन्ता लोकप्रिय कलाकार मोडल सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । दिपक गीरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।