काठमाण्डौ – क्यान्सर रोगको उपचार गराई रहनु भएका कलाकार घनश्याम गौतमको स्वास्थ अवस्था बारे जानकारी लिन नेपाल चलचित्र कालकार संघपरवार भक्तपुर स्थित क्यान्सर अस्पताल पुगेको छ ।
नेपाल चलचित्र कलाकारसंघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा सचिव रामेश्वर बुर्लाकोटी , कोषाध्यक्ष सुनिल कटुवाल, सह- कोषाध्यक्ष तथा कलाकार कल्याणकारी कोषका संयोजक पवित्रा आचार्य कार्यकारी सदस्यहरू पुकार भट्टराई, पवन के।सी, नम्रता खरेल कलाकार सहायता तथा अनुगमन समितीका सदस्य बबिता ढकाल , आजीवन सदस्य सामना सिटौला लगायतका कलाकार भत्तपुर स्थित क्यान्सर अस्पताल पुगेका हुन ।
संघको कार्यसमितीको तर्फबाट उठेको सहयोग रकम र अमेरिकामा बसोबास गर्दै आउनु भएका अभिनेता गणेश उप्रेतीले पठाउनु भएको सहयोग रकम गरी जम्मा रू ३६६६४ (छत्तिस हजार छ सय जौसठ्ठी ) रूपैया घनश्याम गौतमलाई आर्थिक सहयोग गरिएको छ ।
साथै संघको आजिवन सदस्य सामना सिटौलाले अमेरिका , बेलायत र अष्ट्रेलीयामा बसोबास गरी आउनु भएका आफन्त तथा शुभचिन्तकले पठाउनु भएको रकम एक लाख संघको रोहबरमा कलाकार घनश्याम गौतम लाई हस्तान्तरण गरेकि छन् । भने सोही अस्पतालमा उपचार गराई रहनु भएका कलाकार भुवन खड्काको पनि स्वास्थ अवस्था बारे जानकारी लिइएको नेपाल चलचित्र कलाकार संघ कलाकार कल्याणकारी कोषकी संयोजक पवित्रा आचार्यले जानकारी दिएकि छन्